२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पेट्रोलियम पदार्थको अभावलाई बहाना बनाएर कालोबजारी नगर्न हर्क साम्पाङको अपिल

अ+ अ-

काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले पेट्रोलियम पदार्थको आपूर्ति असहज भएको वर्तमान अवस्थालाई आधार बनाएर कृत्रिम अभाव सिर्जना गर्दै कालोबजारी नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा उनले आपूर्ति समस्या देखिएको समयलाई अवसरका रूपमा प्रयोग गर्दै सामान भण्डारण गरी अत्यधिक मूल्यमा बिक्री गर्ने प्रवृत्ति दोहोरिन सक्ने भन्दै त्यसो नगर्न सचेत गराएका छन्।

साम्पाङले सरकारलाई समेत उपलब्ध सबै संयन्त्र परिचालन गरी पेट्रोलियम पदार्थको आपूर्ति नियमित र सहज बनाउनेतर्फ आवश्यक पहल गर्न ध्यानाकर्षण गराएका छन्।

उनका अनुसार अभावको परिस्थितिलाई प्रयोग गर्दै सामान्य मूल्यका वस्तु अत्यधिक महँगो दरमा बिक्री गर्ने अभ्यासले सर्वसाधारणलाई अनावश्यक सास्ती दिने भएकाले यस्तो प्रवृत्ति रोक्नुपर्ने आवश्यकता औँल्याएका छन्।

हाल मध्यपूर्व क्षेत्रमा बढेको तनावका कारण ग्यासको माग बढेपछि नेपाल आयल निगमले आधा मात्र ग्यास भरिएका सिलिन्डर बजारमा पठाउने व्यवस्था मिलाएको बताइएको छ।