२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्धारका लागि मध्यपूर्वमा रहेका ८२ हजारभन्दा बढी नेपालीले दर्ता गराए विवरण 

अ+ अ-

काठमाडौँ । मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपाली नागरिकमध्ये हालसम्म ८२ हजारभन्दा बढीले उद्धार तथा सहजीकरणको लागि आफ्नो विवरण अनलाइन प्रणालीमार्फत दर्ता गराएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार कन्सुलर सेवा विभागले सञ्चालन गरेको अनलाइन दर्ता प्रणालीमा ८२ हजार १०० जना नेपालीले आफ्नो विवरण उपलब्ध गराएका हुन्। मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले नियमित पत्रकार सम्मेलनमार्फत उक्त तथ्य सार्वजनिक गरेका हुन्।

प्रवक्ता क्षेत्रीका अनुसार प्रारम्भिक चरणमा करिब ६ हजार व्यक्तिले आफू असुरक्षित रहेको जानकारी गराएका थिए। तर पछिल्ला दिनहरूमा असुरक्षित महसुस गर्नेहरूको संख्या उल्लेखनीय रूपमा घट्दै गएको देखिएको छ।

इजरायल, अमेरिका र इरानबीच उत्पन्न तनावका कारण मध्यपूर्वका विभिन्न स्थानबाट मन्त्रालयको आपतकालीन सम्पर्क कक्षमा समेत १७० पटक सम्पर्क भएको छ, जसमा ७८ वटा कल प्राप्त भएका छन्। प्रारम्भिक दिनहरूमा सुरक्षा अवस्थाबारे जानकारी माग्नेहरूको संख्या बढी रहे पनि हाल श्रम स्वीकृति तथा अन्य प्रशासनिक जानकारी लिन सम्पर्क गर्नेहरू बढेका छन्।

मन्त्रालयले आफ्ना १० वटै कूटनीतिक नियोगमार्फत त्यहाँ रहेका नेपालीहरूको अवस्था निरन्तर अनुगमन गरिरहेको जनाएको छ। आवश्यक परे समन्वय र सहजीकरण गर्ने कार्य पनि भइरहेको उल्लेख गरिएको छ।

ब्रिफिङका क्रममा प्रवक्ता क्षेत्रीले हाल विदेशका कुनै पनि ट्रान्जिटमा नेपाली नागरिक नरहेको स्पष्ट पारेका छन्। साथै, जेद्दामा रहेका ५२ जना हजयात्री पनि सुरक्षित रूपमा स्वदेश फर्किसकेको जानकारी दिइएको छ।

सरकारले मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै आवश्यक परे उद्धारका लागि समेत तयारी अवस्थामा रहेको जनाएको छ।