२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री अर्यालद्वारा कर्मचारी र सुरक्षा निकाय सम्मानित

अ+ अ-

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधि सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गृह मन्त्रालयका कर्मचारी र सुरक्षा निकायलाई सम्मान गरेका छन् ।

सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच मन्त्री अर्यालले कर्मचारी र सुरक्षा निकायलाई प्रशंसा पत्रद्वारा सम्मान गरेकी हुन् ।

मन्त्री अर्यालले गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, नेपाली सेनाका बलाध्यक्ष रथी प्रदीपजंग केसी, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीलाई प्रशंसा पत्र प्रदान गरेका छन् ।

यस्तै काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिका पदाधिकारी तथा गृह मन्त्रालयका उच्च अधिकारीहरूलाई पनि उनले सम्मान गरेका छन्। मन्त्री अर्यालले निर्वाचनमा खटिने सबै कर्मचारी र सुरक्षाकर्मीलाई बधाईसहित सम्मान व्यक्त गरेका छन् ।

सो अवसरमा गृहमन्त्री अर्यालले गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न कर्मचारी, सुरक्षा निकाय एवं सबै सरोकारवालाको महत्त्वपूर्ण भूमिकाको प्रशंसा गरेका छन्।

उनले शान्तिपूर्ण रूपमा एकै चरणमा निर्वाचन सम्पन्न गरेर नयाँ मानक स्थापित गरिएको बताए ।

गृहमन्त्री अर्यालले भने, “निर्वाचन ऐतिहासिक रूपमा सफलतापूर्वक सम्पन्न गरेर नयाँ मानक स्थापित गरेका छौँ । यो पटकको निर्वाचनमा रक्तपात भएन र पुनः निर्वाचन गर्नुपरेन । सामूहिक नेतृत्व प्रणाली र सबै सरोकारवालाको बलियो समन्वयका कारण सकारात्मक परिणाम हासिल भएको छ । आगामी दिनमा पनि यसलाई कायम राख्न जरुरी छ ।”

मन्त्री अर्यालले उत्साहवर्द्धक रूपमा निर्वाचन सफल बनाउन केन्द्रदेखि जिल्ला तहसम्मका सुरक्षा समिति, कमान्ड फोर्स, सुरक्षा सेल र जिम्मेवार सरकारी अधिकारीले खेलेको भूमिका ऐतिहासिक भएको उल्लेख गरे । उनले निर्वाचनमा खटिएका अधिकारीहरूको सृजनशीलता र क्षमता प्रशंसनीय रहेको बताए ।

“विगतका कतिपय घटनामा नेतृत्वले वस्तुस्थिति नबुझी निर्देशन दिएका होलान् । तर यस पटक हामीले राम्रोसँग स्क्रिनिङ गरेर, निर्णयमा पुग्नुअगाडि धेरै विचार र समन्वय गरेका छौँ,” मन्त्री अर्यालले भने, “समन्वयात्मक निर्णयहरूलाई हेरेर काम गरेका छौँ, यसमा सबै तहका सुरक्षा निकायको भूमिका उल्लेखनीय छ ।”

कार्यक्रममा रक्षा सचिव केदारनाथ शर्माले निर्वाचनका दौरानमा बलियो समन्वय र सहकार्यले सफलता हात परेको उल्लेख गरे ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मन्त्रालयको सुझबुझपूर्ण र समन्वयकारी नेतृत्वका कारण निर्वाचन सुरक्षा र शान्ति सुव्यवस्था कायम गर्न सकारात्मक परिणाम हासिल भएको बताएका छन्।