२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयोगले भन्यो : ‘प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण र विवादरहित रूपमा सम्पन्न भयो’

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई देशको निर्वाचन इतिहासमै शान्तिपूर्ण तथा विवादरहित रूपमा सम्पन्न भएको बताएको छ।

बुधबार आयोगद्वारा आयोजित जलपान कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन समग्रमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको उल्लेख गर्दै कुनै पनि मतदान केन्द्रमा विवादका कारण पुनः मतदान गर्नुपर्ने अवस्था नआएको जानकारी दिए।

उनका अनुसार निर्वाचन प्रक्रियामा देखिएको व्यवस्थापन र सहभागी पक्षहरूको संयमताले परिणामलाई विश्वसनीय बनाएको छ।

भण्डारीले निर्वाचन अवधिभर राजनीतिक दल, उम्मेदवार तथा मतदाताले देखाएको अनुशासन र संयमको प्रशंसा गर्दै यसलाई सफल जेड आन्दोलनपछि करिब छ महिनाभित्र निर्वाचन सम्पन्न हुनुलाई अन्तर्राष्ट्रिय समुदायले पनि सकारात्मक रूपमा लिएको छ।

उनले अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको भन्दै उच्च मूल्यांकन गरेको प्रतिवेदन प्राप्त भएको जानकारी समेत दिए। आयोगका अनुसार यस निर्वाचनले लोकतान्त्रिक प्रक्रियाप्रतिको विश्वास थप सुदृढ बनाउन योगदान पुर्‍याएको छ।