काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले निजामती कर्मचारीका कमजोरीको बखान भट्याउन मन्त्री भइरहन नपर्ने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले सार्वजनिक प्रशासन र निजामती कर्मचारीका कमजोरी औँल्याउने काम विगत ७० वर्षदेखि चौथो र पाँचौँ राज्य शक्तिले गर्दै आएको उल्लेख गरेका छन्।
उनका अनुसार कमजोरी औँल्याउनेभन्दा पनि त्यसलाई सुधार गर्नु मन्त्रीको मुख्य भूमिका हो। उनले भनेका छन् “सार्वजनिक प्रशासन र निजामती कर्मचारीका कमजोरीको बखान भट्याउन मन्त्री भइरहन पर्दैन। यो त विगत ७० वर्षदेखि चौथो र पाँचौँ राज्य शक्तिले गरेकै छ त। मन्त्रीको काम त त्यसलाई सच्याउने हो !”।







