२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वोच्च अदालतमा ४० दशमलव ८२ प्रतिशत मुद्दा फर्छ्यौट

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले गत आर्थिक वर्षमा १६ हजार ६३४ मुद्दा फर्छ्यौट गरेको छ । 

अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका मुद्दा, रिट र निवेदन/प्रतिवेदनको सङ्ख्या २५ हजार ७२८ र गत आवमा नयाँ दर्ता भएका १५ हजार १३ गरी जम्मा मुद्दाको लगत ४० हजार ७४१ रहेको थियो । त्यसमध्येबाट ४० दशमलव ८२ प्रतिशत मुद्दा फर्छ्यौट भएको सर्वोच्च अदालतले जनाएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार सर्वोच्च अदालतमा अघिल्लो वर्षको तुलनामा ६ दशमलव ६९ प्रतिशत बढी मुद्दा फर्छ्यौट भएको हो । आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आव २०८१र०८२ को वार्षिक प्रतिवेदन बुझाएका हुन् ।

उक्त प्रतिवेदन अनुसार उच्च अदालतमा अघिल्लो आवबाट जिम्मेवारी सरेका मुद्दा, रिट र निवेदनरप्रतिवेदनको सङ्ख्या २५ हजार २२५ थान र यस आवमा नयाँ दर्ता भएका ५८ हजार १८५ गरी मुद्दाको जम्मा लगत ८३ हजार ४१० कायम भएकामा ६१ हजार ४५४ मुद्दा अर्थात् ७३ दशमलव ६७ प्रतिशत फर्छ्यौट भएको छ । जुन गत वर्षको तुलनामा ८ दशमलव ८५ प्रतिशतले बढी मुद्दा फर्छ्यौट भएको हो ।

जिल्ला अदालतमा गत आवदेखि जिम्मेवारी सरेको मुद्दा, रिट र निवेदनरप्रतिवेदनको सङ्ख्या एक लाख १० हजार २६ र यस आवमा नयाँ दर्ता भएका एक लाख ८५ हजार १५ गरी मुद्दाको जम्मा लगत दुई लाख ६८ हजार ४४ कायम भएकामा एक लाख ६६ हजार ४६७ मुद्दा अर्थात् ६२ दशमलव १० प्रतिशत फर्छ्यौट भएको प्रतिवेदनमा उल्लेख छ । जुन अघिल्लो वर्षको तुलनामा ८ दशमलव ९० प्रतिशत बढी मुद्दा फर्छ्यौट भएको हो ।

प्रतिवेदनमा सर्वोच्च अदालतलगायत मातहत अदालत तथा न्यायाधिकरणमा अघिल्लो आवदेखि जिम्मेवारी सरेको मुद्दा, रिट र निवेदनरप्रतिवेदनको सङ्ख्या एक लाख ६२ हजार ३४४ रहेको जनाइएको छ ।

गत आवमा नयाँ दर्ता भएका दुई लाख ३४ हजार २५३ गरी जम्मा मुद्दाको वार्षिक लगत तीन लाख ९६ हजार ५९३ कायम भएकामा दुई लाख ४७ हजार ३३ अर्थात् ६२ दशमलव २९ प्रतिशत मुद्दा फर्छ्यौट भई एक लाख ४९ हजार ५६० मुद्दा बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।