२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेता र शुभेच्छुकलाई मन्त्रालयमा भिडभाड नगर्न रास्वपाको निर्देशन

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका नेता, सदस्य तथा शुभेच्छुकहरूलाई प्रधानमन्त्री र मन्त्रीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्न मन्त्रालयमा जम्मा नहुन  निर्देशन दिएको छ।

रास्वपा केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा, अनावश्यक भेटघाट, खादा-फुलमाला लगाउने र फोटो खिच्ने गतिविधिहरू पार्टी अनुशासन विपरीत र भड्किलो हुने भएकाले त्यस्ता कार्य नगर्न अनुरोध गरिएको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, “नागरिक सेवा प्रवाह र सरकारको द्रुत कार्यसम्पादन सुनिश्चित गर्न आवश्यक समय खर्च हुने हुँदा, अनावश्यक जमघट र भिडभाडले कार्यसम्पादनमा ढिलाइ, गुणस्तरमा असर र समग्र सरकारी प्रणालीमा कठिनाइ सिर्जना गर्न सक्छ।”

पार्टीले सम्पूर्ण पदाधिकारी र सदस्यलाई उक्त निर्देशन कडाइका साथ पालना गर्न भनिएको छ।