२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न मन्त्रालय सक्रिय : सचिव भुजेल

अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले समस्याग्रस्त सहकारीका बचतकर्ताको पैसा फिर्ता गराउन मन्त्रालय घनिभूत छलफलमा जुटेको बताएका छन् ।

६९औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले सुशासनको कमी र पारदर्शिताको अभावका कारण सहकारी क्षेत्रमा समस्या देखिएको बताए । साथै, ती सहकारीमा फसेका बचतकर्ताको रकम फिर्ता गराउने विषयमा मन्त्रालयले छलफल अघि बढाएको जानकारी दिए ।

सहकारीका मूल्यमान्यताअनुसार सञ्चालन हुनुपर्नेमा केही सहकारीमा विचलन आएको उनले उल्लेख गरे ।

सचिव भुजेलले भने, “अहिले पनि मन्त्रीसहित मन्त्रालयका अधिकारीहरू सहकारी बचतकर्ताको रकम कसरी फिर्ता गराउन सकिन्छ भन्ने विषयमा समय खर्च गरिरहेका छौँ । सरकारका विगतमा कमी–कमजोरी भएका हुन सक्छन् । मुख्य समस्या भनेको सहकारीका सञ्चालक र व्यवस्थापककै कारणले अहिलेको अवस्था आएको हो । सहकारी नबुझेको म सचिवलाई पनि अहिले टाउको दुखाइ बनेको छ ।”

सचिव भुजेलले सहकारी क्षेत्रको प्रवर्द्धन तथा देखिएका समस्या समाधानका लागि सरोकारवालासँग समन्वय र छलफललाई सुदृढ गर्दै परिणाममुखी ढङ्गले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले सहकारी क्षेत्रलाई थप व्यवस्थित र विश्वासिलो बनाउन आवश्यक पहल मन्त्रालयले अघि बढाउने बताएका छन् ।