काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृत वा सो सरह र प्राविधिक अधिकृत पदको लिखित परीक्षाका लागि भवन कायम गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले आइतबार एक सूचना जारी गरी शाखा अधिकृत वा सो सरह र प्राविधिक अधिकृत पदको परीक्षाका लागि भवन कायम गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं.१७३१६-१७३२४/०८२-८३ (खुला/समावेशी), शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण/अंग्रेजी/नेपाली उपसमूह, राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक), शाखा अधिकृत वा सो सरह / प्राविधिक अधिकृत पदको लागि दिपायल परीक्षा केन्द्र राखी दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको छ ।









