काठमाडौँ । लोक सेवा आयोगले सहसचिव स्तरका विभिन्न पदका लागि स्थगित गरिएको मामला प्रस्तुतीकरण तथा अन्तर्वार्ता कार्यक्रम पुनः सञ्चालन गर्ने निर्णय गरेको छ। आयोगले सूचना प्रकाशित गर्दै सर्वोच्च अदालतको अन्तरिम आदेशअनुसार पूर्वनिर्धारित प्रक्रिया अघि बढाइएको जनाएको छ।
आयोगका अनुसार न्याय, कानुन तथा प्रशासन सेवाअन्तर्गत सहसचिव वा सो सरह पदका लागि विज्ञापन भएका पदहरूमा मामला तयारी, प्रस्तुतीकरण र अन्तर्वार्ता कार्यक्रम सञ्चालन हुनेछन्। कार्यक्रमअनुसार तयारी र प्रस्तुतीकरण २०८३ वैशाख २४ गते बिहानदेखि सुरु हुनेछन् भने सोही दिनदेखि अन्तर्वार्ता कार्यक्रम पनि सञ्चालन गरिनेछ।
त्यसैगरी, प्रशासन, लेखापरीक्षण तथा संघीय संसद् सेवा समूहअन्तर्गतका पदहरूका लागि पनि फरक-फरक मितिमा तयारी, प्रस्तुतीकरण र अन्तर्वार्ता कार्यक्रम तय गरिएको छ। यी कार्यक्रमहरू २०८३ वैशाख २५गतेदेखि २८ गतेसम्म विभिन्न चरणमा सञ्चालन हुनेछन्।







