२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

अ+ अ-

काठमाडौँ । रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले ‘अपरेसन साइलेन्ट स्ट्रिट्स’ सञ्चालन गरेको छ । सो अपरेसनअन्तर्गत स्वरूप परिवर्तन गरिएका १९ मोटरसाइकल नियन्त्रणमा लिइएको छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार आइतबार राति करिब १० बजेदेखि सञ्चालन गरिएको विशेष अभियानमा ठूलो आवाज निकाल्ने, जोखिमपूर्ण तवरले सवारी चलाउने तथा सार्वजनिक शान्ति भंग गर्ने ती मोटरसाइकल नियन्त्रणमा लिइएको हो । 

प्रहरीका विभिन्न युनिटबाट खटिएको टोलीले रुपन्देहीका विभिन्न स्थानमा जाँच गरी ती सवारी साधन नियन्त्रणमा लिइएको जनाएको छ । 

“सार्वजनिक सडकलाई सुरक्षित, व्यवस्थित र शान्त बनाउन यस्तो अभियानलाई निरन्तरता दिइनेछ”, सूचना अधिकारी चन्दले भने, “नियन्त्रणमा लिइएका सवारी चालकमाथि सवारी तथा यातायात व्यवस्था ऐनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ ।”