विराटनगर । प्रदेश लोक सेवा आयोग, कोशी प्रदेशले स्थानीय तहका लागि सातौँ तहका शाखा अधिकृत तथा लेखा अधिकृत पदमा उम्मेदवार सिफारिस गरेको छ।
आयोगले लिखित परीक्षा, कम्प्युटर सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ताको नतिजाका आधारमा अन्तिम योग्यताक्रम निर्धारण गरी सम्बन्धित स्थानीय तहमा नियुक्तिका लागि सिफारिस गरेको जनाएको छ।
सिफारिस भएका उम्मेदवारलाई सम्बन्धित स्थानीय तहमा पठाइने र प्राप्तांक सम्बन्धी विवरण नतिजा प्रकाशन भएको सात दिनपछि आयोगको वेबसाइटमार्फत उपलब्ध गराइने जनाइएको छ।








