काठमाडौँ । सुधन गुरुङले बीपी राजमार्ग अन्तर्गत पर्ने रोशी खोलाको बाढी प्रभावित क्षेत्रमा स्थलगत निरीक्षण गरेका छन्।
मंगलबार दिउँसो उनी स्थानीय बासिन्दाले भोग्दै आएका समस्याहरू प्रत्यक्ष रूपमा अवलोकन गर्न उक्त क्षेत्रमा पुगेका हुन्। वर्षायाममा बारम्बार बाढी आउने कारण रोशी खोलासँग जोडिएका विभिन्न स्थानमा जोखिम बढ्दै गएको विषयमा गुनासो आउने गरेको छ।
नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिका को संगमस्थल चौकीडाँडामा पुगेर गृहमन्त्री गुरुङले प्रभावित बस्ती र पूर्वाधारको अवस्था अवलोकन गरेका थिए।
अनुगमनका क्रममा बाढीको प्रभाव, उच्च जोखिममा रहेका बस्ती तथा संरचनाको वास्तविक स्थिति बुझ्ने प्रयास गरिएको जनाइएको छ।
स्थलगत निरीक्षणका क्रममा उनलाई कुनसाङ लामा, दिनेश लामा तथा मिमबहादुर वाइवा लगायतका स्थानीय जनप्रतिनिधिहरूले स्वागत गरेका थिए।







