२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पश्चिम एसियाका थप देशमा श्रम स्वीकृति पुनः खुला गर्ने तयारी, ईआरटीको सिफारिस

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्रालय अन्तर्गतको इमर्जेन्सी रेस्पोन्स टिम (ईआरटी) ले पश्चिम एसियाका केही देशमा रोकिएको श्रम स्वीकृति क्रमशः पुनः सञ्चालन गर्न सुझाव दिएको छ।

परराष्ट्र सचिव अमृतबहादुर राईको अध्यक्षतामा बसेको बैठकले क्षेत्रीय अवस्थाको मूल्यांकनपछि यस्तो सिफारिस गरेको हो। यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ले फागुन १७ गतेको निर्णयअनुसार पश्चिम एसियाका १२ देशमा श्रम स्वीकृति अस्थायी रूपमा स्थगन गरेको थियो।

पछिल्लो समय चैत ३ गते साउदी अरेबिया, युएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीका लागि पुनः स्वीकृति खुला गरिए पनि इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनानमा भने बन्द अवस्था कायमै राखिएको थियो।

क्षेत्रीय सुरक्षास्थितमा क्रमशः सुधार आएको निष्कर्षसहित ईआरटीले बाँकी देशहरूमध्ये केहीमा स्वीकृति पुनः खुला गर्न सिफारिस गरेको हो। अस्थायी युद्धविराम तथा निगरानीको अवस्थालाई ध्यानमा राख्दै चरणबद्ध रूपमा निर्णय लिन सुझाव दिइएको छ।

ईआरटीको सिफारिसपछि श्रम मन्त्रालयले इरान, इराक र लेबनान बाहेक इजरायल, कुवेत र बहराइनका लागि श्रम स्वीकृति पुनः सञ्चालन गर्ने तयारी थालेको जनाएको छ। मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरे का अनुसार यससम्बन्धी निर्णय प्रक्रिया अघि बढाइएको छ।

यद्यपि, यसअघि मन्त्रिस्तरीय निर्णयबाट स्थगन गरिएको हुँदा पुनः खुला गर्न पनि सोही तहको स्वीकृति आवश्यक पर्नेछ। यसैबीच, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दिपक कुमार साह पदमुक्त भएपछि प्रक्रिया केही प्रभावित भएको जनाइएको छ।

हाल नयाँ मन्त्रीका रूपमा रामजी यादव नियुक्त भइसकेकाले अब मन्त्रिस्तरीय निर्णयपछि सम्बन्धित देशहरूमा श्रम स्वीकृति पुनः खुला गर्ने तयारी रहेको छ। साथै, आगामी निर्णयहरू परराष्ट्र मन्त्रालयको मूल्यांकन र सिफारिसका आधारमा अघि बढाइने जनाइएको छ।