काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले गृह सचिव राजकुमार श्रेष्ठको कार्यसम्पादनप्रति सार्वजनिक रूपमा प्रशंसा व्यक्त गरेका छन्।
शुक्रबार राति सामाजिक सञ्जालमार्फत् मन्त्री गुरुङले आफूले पदभार ग्रहण गरेयता सचिव श्रेष्ठले मन्त्रालयको भावनाअनुसार काम गर्दै आएको उल्लेख गरेका छन्। उनले सचिव श्रेष्ठले ‘लेट नाइट’ काम, अतिरिक्त समय(ओभर टाइम) र शून्य गुनासोका साथ जिम्मेवारी निर्वाह गरिरहेको बताएका छन्।
मन्त्री गुरुङले सचिव श्रेष्ठप्रति आभार व्यक्त गर्दै धन्यवाद दिएका छन्।







