२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘एकताबद्ध र सकारात्मक सोचका साथ अघि बढ्नुपर्छ’ : मुख्यमन्त्री पाण्डे

अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एकताबद्ध र सकारात्मक सोचका साथ समग्र मुलुकको विकासका लागि अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

नयाँ वर्ष, २०८३ का अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उनले नयाँ वर्षको अवसरमा आपसी प्रेम, सहकार्य र सद्भाव अभिवृद्धि गर्दै प्राप्त उपलब्धिलाई दिगो बनाउने दिशामा अग्रसर हुन सबैबीच सहकार्य र समन्वय आवश्यक पर्ने बताए । 

गण्डकी प्रदेश सरकार सेवा प्रवाहमा सुधार, सुशासन प्रवर्द्धन तथा दिगो विकासमार्फत जनताको आकाङ्क्षा पूरा गर्न दृढतापूर्वक प्रतिबद्ध रहेको उनले बताए।

गत वर्षको भदौमा जेन जेड आन्दोलनका क्रममा भएका घटनाका कारण ठूलो जनधनको क्षति व्यहोर्नु परेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले त्यस घटनाले सामाजिक, आर्थिक तथा मनोवैज्ञानिक रूपमा गहिरो प्रभाव पारेको सन्देशमा जनाएका छन् । 

प्राकृतिक विपद्, स्रोतसाधनको सीमितता, अपेक्षित राजस्व संकलनमा कमी तथा विविध सामाजिक समस्याहरूले विकास प्रक्रियालाई प्रभावित बनाएको भन्दै उनले यी सबै चुनौतीहरूलाई अवसरका रूपमा रूपान्तरण गर्दै एकताबद्ध र सकारात्मक सोचका साथ समग्र विकासका लागि अघि बढ्नुपर्नेमा जोड दिए । 

प्रदेशको आर्थिक, सामाजिक, पूर्वाधार तथा संस्थागत विकासमा हासिल उपलब्धि गण्डकी प्रदेशवासी, राजनीतिक दल, नागरिक समाज, कर्मचारी, सुरक्षाकर्मी तथा सञ्चार क्षेत्रको सहकार्यको परिणाम भएको बताउँदै सन्देशमा यस सहकार्यलाई थप सुदृढ बनाउँदै आत्मनिर्भर र समुन्नत प्रदेश: सुखी प्रदेशवासीको संकल्प साकार पार्ने दिशामा प्रदेश सरकार दृढतापूर्वक अघि बढिरहेको जनाए।

युवा उद्यमशीलता तथा सीप विकासमार्फत रोजगारी सिर्जना, कृषिको आधुनिकीकरण, पर्यटन पूर्वाधारको दिगो विकास, सामाजिक न्यायको प्रत्याभूति, महिला सशक्तीकरण तथा स्थानीय उद्यमशीलताको प्रवर्द्धनलाई प्राथमिकतामा राखी कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन भइरहेका उल्लेख गर्दै उनले यस लक्ष्य प्राप्तिका लागि सबैमा एकता, सहकार्य र प्रतिबद्धता अझ सुदृढ रहोस् भन्ने अपेक्षा गरेका छन् । 

0 Comments