२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यमा डिस्टर्ब नगर्न गगन थापाको चेतावनी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्ने प्रक्रियामा कुनै प्रकारको अवरोध नगर्न पार्टी पङ्क्तिलाई आग्रह गरेका छन्।

उनले उक्त कार्यमा सहभागी नहुनेहरू स्वतः पार्टी सदस्य नरहने व्यवस्था विधानमै रहेको स्पष्ट पारेका छन्।

मंगलबार काठमाडौँ महानगरपालिका-३० स्थित वडा पार्टी कार्यालयमा पुगेर सदस्यता अद्यावधिकका लागि निवेदन पेश गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीभित्र चलिरहेको प्रक्रियालाई लक्षित गरी गलत बुझाइ र अवरोध सिर्जना नगर्न निर्देशनात्मक आग्रह गरेका हुन्।

सभापति थापाले क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्य विधानअनुसारको नियमित प्रक्रिया भएकाले सबै नेता तथा कार्यकर्तालाई आ-आफ्नो वडा कार्यालयमार्फत सक्रिय हुन निर्देशन दिएका छन्। उनले निर्धारित मितिभित्र प्रक्रिया सम्पन्न गर्न सबैलाई सहभागी हुन आग्रहसमेत गरेका छन्।

उनका अनुसार पार्टीको आन्तरिक व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले सञ्चालन गरिएको यो कार्यलाई लिएर अनावश्यक हल्ला र भ्रम फैलाउने गतिविधि नगर्नु आवश्यक छ। सदस्यता अद्यावधिक नगर्ने निर्णय गर्ने व्यक्ति पार्टीको क्रियाशील सदस्यतामा कायम नरहने विधानको प्रावधान रहेको उनले दोहोर्‍याएका छन्।

सभापति थापाले विशेष परिस्थितिका कारण वडा कार्यालयमा उपस्थित हुन नसक्ने वा विदेशमा रहेका सदस्यहरूका लागि वैकल्पिक व्यवस्था गरिने जानकारी पनि दिए। उनले पार्टी केन्द्रबाट आवश्यक सहजीकरण हुने उल्लेख गर्दै सबैले प्रक्रिया सहज रूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिए।

उनले सदस्यता सम्बन्धी कुनै पनि अस्पष्टता भए पार्टी केन्द्रीय कार्यालयमा सम्पर्क गर्न आग्रह गर्दै महामन्त्रीको नेतृत्वमा आवश्यक जानकारी उपलब्ध गराइने बताए।

सभापति थापाले पार्टीको आन्तरिक सुधार र निरन्तरताका लागि यो प्रक्रिया महत्वपूर्ण भएको उल्लेख गर्दै सबै तहका नेता तथा कार्यकर्ताको सक्रिय सहभागिता अनिवार्य रहेको स्पष्ट पारेका छन्।

0 Comments