२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदीय समितिका निर्वाचनमा एमाले र नेकपाका उम्मेदवारलाई समर्थन गर्न काँग्रेसको निर्देशन

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधि सभाअन्तर्गतका दुई समितिको नेतृत्व चयनका क्रममा विपक्षी दलका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गर्दै आफ्ना सांसदहरूलाई सोअनुसार मतदान गर्न निर्देशन दिएको छ ।

उक्त निर्देशन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व कार्यान्वयनको अनुगमन तथा मूल्यांकन गर्ने संयुक्त समितिको सभापति चयनसँग सम्बन्धित छ । काँग्रेसले यी दुवै समितिमा विपक्षी दलका उम्मेदवारलाई मत दिन भनिएको हो ।

शिक्षा सम्बन्धी समितिको नेतृत्वका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट गुरु बराल प्रतिस्पर्धामा रहेका छन् भने संयुक्त समितिको सभापतिका लागि नेपाल कम्युनिष्ट पार्टी की मदनकुमारी शाह उम्मेदवार छन् ।

यसैबीच सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी बाट शिक्षा समितिमा ओजस्वी शेरचन तथा संयुक्त समितिमा गणेश कार्कीले उम्मेदवारी दिएका छन् । यद्यपि, सत्तारुढ पक्षसँग पर्याप्त मत भए पनि विपक्षी दलहरूले ती समितिमा प्रतिस्पर्धा कायम राखेका छन् ।

सार्वजनिक लेखा समितिको सभापतिको विषयमा भने सत्तारुढ दलले काँग्रेसलाई समर्थन गरेको छ । उक्त पदमा काँग्रेसलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी को समेत समर्थन रहने सहमति भएको जनाइएको छ । विपक्षी दलहरूबीच यसअघि भएको समझदारीअनुसार विभिन्न समितिहरूमा आपसी समन्वयका आधारमा उम्मेदवारी तय गरिएको हो ।

0 Comments