२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घरमै पुगेर राहदानी वितरण गर्दै तनहुँ प्रशासन

अ+ अ-

काठमाडौँ । तनहुँमा पहिलो पटक घरमै पुगेर सेवाग्राहीलाई राहदानी उपलब्ध गराइएको छ । संघीय सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत हुलाकमार्फत सेवा विस्तार गर्ने योजनालाई व्यवहारमा उतार्न जिल्लामा पहिलो पटक राहदानी सेवा घरमै वितरण गरिएको हो । 

तनहुँको व्यास नगरपालिका-५ बरबोटे निवासी समीक्षा ओझालाई प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले आज घरमै पुगेर राहदानी उपलब्ध गराएका छन् । सरकारले जारी गर्ने प्रमाणपत्रहरू घरमै पुगेर उपलब्ध गराउने निर्णय बमोजिम जिल्लामा राहदानीबाट सेवा सुरु गरिएको उनले बताए । 

प्रमुख जिल्ला अधिकारी तिवारीले हुलाक कार्यालयमार्फत सेवा घरदैलो पुर्‍याउने बताउँदै थपे, “सेवा प्रदान गर्ने कार्यालयले प्रमाणपत्र हुलाक कार्यालयलाई हस्तान्तरण गर्ने र हुलाक कार्यालयले सम्बन्धित व्यक्तिको घरमा पुर्‍याउने व्यवस्था मिलाइएको छ ।” 

उनका अनुसार सेवा लिन आउने बेलामा सेवाग्राहीलाई यो सेवा कार्यालयमा आएर लिने वा घरमै लिने भनेर फारम भराइन्छ । त्यसकै आधारमा सेवा दिइने उनको भनाइ छ । 

जिल्ला हुलाक कार्यालय तनहुँका प्रमुख शिरिष उपाध्यायले सरकारको १०० बुँदे कार्यसूचीको २७ नम्बर बुँदामा हुलाक कार्यालयलाई प्रभावकारी बनाउने भन्ने उल्लेख भएकामा सोही कार्यान्वयन गर्ने सन्दर्भमा तनहुँमा पहिलो पटक राहदानी घरमै पुर्‍याउने सेवा सुरु गरिएको जानकारी दिए। उनले पहिलो दिन आज सो वडाका चार जनालाई राहदानी घरमै लगेर प्रदान गरिएको बताए । 

सो सेवा कार्यान्वयनका लागि जिल्लाभरका हल्काराहरुको क्षेत्र निर्धारण गरिएको छ । उनले भने, “जसरी चिठी पत्र वितरण गरिन्छ त्यसरी सरकारी कार्यालयबाट जारी हुने कागजपत्र घरमै पुर्‍याउन हामी तयार छौँ ।” उनका अनुसार राहदानीका लागि फारम भर्ने बेलामा सेवाग्राहीलाई अर्को फारम भर्नुपर्ने व्यवस्था गरिएको छ । परिचय खुल्ने विस्तृत विवरण, घर पहिचानको आधार, मोबाइल नम्बर सबै विवरण पहिल्यै लिने गरिएकाले घरमै पुगेर सेवा दिन सहज हुने उपाध्यायको भनाइ छ । 

घरमै राहदानी बुझेपछि समीक्षा ओझाले सरकारको निर्णयले सर्वसाधारणलाई सहज हुने प्रतिक्रिया दिइन् । उनले सार्वजनिक सेवा प्रविधिमैत्री र सेवाग्राही लक्षित बन्दै जानुपर्नेमा जोड दिइन् ।

0 Comments