२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गगन थापा र पूर्णबहादुर खड्काबीच गोल्फुटारमा भेटवार्ता, काँग्रेसभित्र आन्तरिक संवाद सक्रिय

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसभित्रको आन्तरिक राजनीतिक गतिविधि तीव्र बनेका बेला पार्टी सभापति गगनकुमार थापा र वरिष्ठ नेता पूर्णबहादुर खड्का बीच आइतबार साँझ भेटवार्ता भएको छ ।

गोल्फुटारस्थित पूर्णबहादुर खड्काको निवासमा साँझ करिब ७ बजे सभापति गगनकुमार थापा पुगेर उक्त भेट गरेका हुन् ।

थापाको सचिवालयले भेट भएको पुष्टि गरे पनि दुई नेताबीच के-कस्ता विषयमा छलफल भयो भन्नेबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन ।

यसैबीच सर्वोच्च अदालतको पछिल्लो आदेशपछि पूर्णबहादुर खड्का पक्षीय नेताहरू निरन्तर आन्तरिक छलफलमा जुटिरहेका छन् । सोही सन्दर्भमा आइतबार दिउँसो पूर्वसभापति शेरबहादुर देउवा निकट नेताहरू पनि छुट्टै छलफलमा सहभागी भएका थिए ।

उक्त छलफलमा सहभागी नेताहरूले अदालतको आदेशलाई स्वीकार गर्ने मनस्थिति व्यक्त गरे पनि पार्टीभित्र आफ्नो भूमिकालाई सम्मानजनक रूपमा सुनिश्चित गर्नुपर्ने धारणा राखेका छन् ।

यही राजनीतिक परिस्थितिका बीच सभापति गगनकुमार थापा र नेता पूर्णबहादुर खड्का बीच भएको भेटलाई पार्टीभित्र जारी आन्तरिक समन्वय तथा संवादको निरन्तर प्रक्रियाका रूपमा लिइएको छ ।

0 Comments