काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले विश्वविद्यालयहरूमा देखिन सक्ने समस्या तथा चुनौतीका अवस्थामा सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइने बताएका छन्।
सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ११ विश्वविद्यालय र सात प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको छलफलका क्रममा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेको सहभागीले जनाएका छन्।
छलफलमा सहभागी एक उपकुलपतिका अनुसार प्रधानमन्त्री शाहले कुनै पनि प्रकारको कठिनाइ वा प्रशासनिक समस्यामा परेमा सहयोग गर्न सरकार तयार रहेको स्पष्ट गरेका थिए।
उक्त बैठकमा विश्वविद्यालय तथा प्रतिष्ठानहरूको वर्तमान अवस्था, व्यवस्थापकीय चुनौती र समन्वयात्मक सुधारका विषयमा समेत छलफल भएको जनाइएको छ। प्रधानमन्त्री शाह विश्वविद्यालयहरूको कुलपतिसमेत रहेका छन्।







