२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसद्वारा सार्वजनिक कार्यक्रमका लागि नयाँ कार्यविधि तयार, मञ्च व्यवस्थापनदेखि समय अनुशासनसम्म कडाइ

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका सार्वजनिक कार्यक्रमलाई अनुशासित, व्यवस्थित र समयमै सञ्चालन गर्ने उद्देश्यसहित नयाँ कार्यविधि तयार गरेको छ।

पार्टीका अनुसार तयार गरिएको उक्त कार्यविधि जेठ १ गतेदेखि कार्यान्वयनमा ल्याइनेछ। यसअघि जिल्ला र प्रदेश तहबाट प्राप्त सुझावका आधारमा कार्यविधिलाई अन्तिम रूप दिने तयारी गरिएको छ।

नयाँ व्यवस्थाअनुसार पार्टीका सबै तहका कार्यक्रमहरू तोकिएको समयमै सुरु र समापन गर्नुपर्नेछ। कार्यक्रममा प्रमुख अतिथि उपस्थित नभए पनि निर्धारित समयमा कार्यक्रम अघि बढाउनुपर्ने प्रावधान राखिएको छ।

मञ्च व्यवस्थापनमा समेत कडाइ गरिएको छ। सभापति र एक जना वक्ताबाहेक अन्यलाई मञ्चमा राख्न नपाइने व्यवस्था गरिएको छ। कार्यक्रम सुरु भएको १५ मिनेटपछि आसन ग्रहण वा मञ्चमा थप प्रवेश नगर्ने नियम पनि लागू हुने भएको छ।

वक्ताहरूको बोल्ने समय पहिले नै निर्धारण गरी त्यसैअनुसार पालना गर्नुपर्ने व्यवस्था गरिएको छ। सम्बोधन छोटो, विषय केन्द्रित र समेटिएको हुनुपर्ने उल्लेख गरिएको छ।

कार्यक्रममा घृणा, द्वेष वा हिंसा प्रोत्साहित गर्ने, साथै जातीय, धार्मिक, क्षेत्रीय वा लैंगिक विभेदजन्य अभिव्यक्ति प्रयोग गर्न नपाइने स्पष्ट प्रावधान राखिएको छ।

त्यसैगरी माला, खादा र ब्याचजस्ता सम्मान सामग्रीको प्रयोग नगर्ने निर्णय पनि कार्यविधिमा समेटिएको छ। अपाङ्गता भएका व्यक्तिलाई सहज पहुँच हुने गरी कार्यक्रम स्थल व्यवस्थापन गर्नुपर्ने व्यवस्था समेत गरिएको छ।

0 Comments