२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाद्वारा स्थानीय तह निर्वाचन तयारी तीव्र, उम्मेदवार छनोटका लागि सात सदस्यीय समिति गठन

अ+ अ-

काठमाडौँ । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठनात्मक तयारीलाई अघि बढाएको छ। उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी, समावेशी र योग्यता आधारित बनाउने उद्देश्यसहित पार्टीले संरचनागत संयन्त्र सक्रिय बनाएको हो।

पार्टी केन्द्रीय समितिको वैशाख ७ गतेको निर्णयअनुसार सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा सात सदस्यीय “स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा तथा क्यान्डिडेट क्लब सम्पादन समिति” गठन गरिएको छ। समितिले देशभरका पार्टी संरचनाबाट प्राप्त हुने सुझावलाई एकीकृत गर्दै उम्मेदवार छनोटको रूपरेखा तयार गर्ने जिम्मेवारी पाएको छ।

समितिको सचिवमा केन्द्रीय सदस्य रामकुमार (आरके) ढुंगाना रहेका छन् भने सदस्यहरूमा समीक्षा बास्कोटा, के।पी। खनाल, कामिनी चौधरी, रामकृष्ण भट्टराई र डिल्लिश्वोर कार्की (रोहन) समावेश छन्।

यसैबीच, समितिको वैशाख १० गते बसेको पहिलो बैठकले वडा, पालिका, जिल्ला तथा प्रदेश तहसम्मबाट व्यवस्थित ढंगले सुझाव संकलन गर्ने निर्णय गरेको छ। प्राप्त सुझावका आधारमा उम्मेदवार छनोटको प्रारम्भिक ढाँचा तयार गरिने जनाइएको छ।

निर्धारित कार्यतालिका अनुसार वैशाख १४ गते वडा तहमा छलफल सम्पन्न गरी पालिका तहमा पठाइनेछ। त्यसपछि वैशाख १६ गते पालिकाबाट जिल्लामा, वैशाख १७ गते जिल्लाबाट प्रदेश तहमा र वैशाख १८ गते प्रदेशबाट केन्द्रमा सुझाव पठाउने व्यवस्था मिलाइएको छ।

सम्बन्धित तहमा समिति सभापति अनुपस्थित भए उपसभापतिको नेतृत्वमा भौतिक वा भर्चुअल माध्यमबाट बैठक सञ्चालन गरी समयमै सुझाव पठाउन निर्देशन दिइएको पार्टी स्रोतले जनाएको छ।

0 Comments