२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि उत्पादनमै कर लगाउँदा उत्पादन क्षेत्र निरुत्साहित हुने सांसद पराजुलीको टिप्पणी

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले स्थानीय तहबाट संकलन गरिने केही कर संरचना अव्यवहारिक भएको उल्लेख गर्दै त्यसले कृषि तथा उत्पादन क्षेत्रलाई निरुत्साहित गर्ने बताएका छन्।

विशेष गरी कुखुरा पालन क्षेत्रसँग सम्बन्धित अण्डा, चल्ला र कुखुरामै कर लगाइने अभ्यासप्रति उनले आपत्ति जनाएका हुन्।

आइतबार आयोजित एक कार्यक्रममा बोल्दै सांसद पराजुलीले स्थानीय सरकारलाई राजस्व संकलनको आवश्यकता भए पनि कर प्रणाली न्यायसंगत, उत्पादनमैत्री र संघीय नीतिसँग समन्वित हुनुपर्ने बताए। 

संघीय सरकारको कृषि नीति विपरीत नजाने गरी स्थानीय तहले करका मापदण्ड तय गर्नुपर्नेमा उनले जोड दिए।

उनले उत्पादन क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने अवस्थामा कृषि उपज तथा पशुपन्छीजन्य वस्तुमै कर लगाउँदा उद्यमी र किसानमा नकारात्मक सन्देश जाने बताए। यस्ता नीतिले लगानी घट्ने तथा उत्पादन वृद्धि प्रभावित हुने उनको धारणा थियो।

सुकुमवासी समस्या सम्बन्धमा उनले लामो समयदेखि आयोग गठन गर्ने, जग्गा वितरणलाई राजनीतिक लाभसँग जोड्ने र स्थायी समाधानभन्दा अस्थायी उपाय अपनाउने प्रवृत्ति दोहोरिएको टिप्पणी गरे। 

विगत दशकौँदेखि समस्या समाधानभन्दा राजनीतिक उपयोग बढी भएको उनको भनाइ थियो।

वास्तविक भूमिहीन र सुकुमवासीलाई न्याय दिलाउन संघीय र स्थानीय सरकारबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको उनले बताए। अब भ्रम फैलाएर मत आकर्षित गर्ने अभ्यास अन्त्य गर्दै वास्तविक पीडितको पहिचान, व्यवस्थापन र पुनर्स्थापनामा केन्द्रित हुनुपर्ने उनको धारणा थियो।

सांसद पराजुलीले आफ्नो दलले वर्तमान पाँचवर्षीय कार्यकालभित्र सुशासन र समृद्धिको आधार निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले अघिल्ला राजनीतिक नेतृत्वले व्यवस्था परिवर्तनको उपलब्धि उपयोग गरे पनि जनजीवन सुधारमा अपेक्षित ध्यान दिन नसकेको आरोप लगाए।

पुराना दलहरूको योगदान र बलिदानको सम्मान गर्नुपर्ने उल्लेख गर्दै उनले तिनको कार्यशैलीकै कारण नयाँ पुस्ता वैकल्पिक राजनीतितर्फ आकर्षित भएको बताए।

0 Comments