काठमाडौँ । काठमाडौँबाट पोखरा जाँदै गरेको ईभी (विद्युतीय) माइक्रोबस धादिङमा दुर्घटनामा परेको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा परेर १२ जना घाइते भएका छन्। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि काठमाडौं पठाइएको प्रहरी प्रवक्ता (डीएसपी) प्रकाश दाहालले जानकारी दिए । अन्य घाइतेहरू सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । ।
बा १३ च २९४१ नम्बरको माइक्रोबस गजुरी गाउँपालिका-६ स्थित आदमघाट नजिकै दुर्घटनामा परेको हो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलमा उद्धार तथा थप अनुसन्धान कार्य जारी राखेको छ।







