२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी खर्च नियन्त्रण र वित्तीय अनुशासनलाई मजबुत बनाउन मातहतका निकायहरूलाई नयाँ निर्देशन जारी

अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सरकारी खर्च नियन्त्रण र वित्तीय अनुशासनलाई मजबुत बनाउन आफ्ना मातहतका निकायहरूलाई नयाँ निर्देशन जारी गरेको छ।

मन्त्रालयका अनुसार अबदेखि कुनै पनि प्रकारका औपचारिक बैठक, गोष्ठी, तालिम वा सेमिनार होटेल तथा रिसोर्टमा आयोजना गर्न पाइने छैन।

योजना, अनुगमन तथा मूल्यांकन महाशाखाले सोमबार सबै महाशाखा, आयोग, प्राधिकरण, विभाग तथा सम्बन्धित कार्यालयहरूलाई परिपत्र गर्दै यस्तो व्यवस्था लागू गरेको हो।

परिपत्रमार्फत सरकारी खर्चलाई मितव्ययी, प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्य राखिएको जनाइएको छ।

नयाँ प्रावधानअनुसार सबै कार्यालयहरूले सञ्चालन गर्ने कार्यक्रमहरू अब आफ्नै कार्यालय परिसर वा सरकारी संरचनाभित्र रहेका सभा हल तथा तालिम कक्षमै सीमित गर्नुपर्नेछ।

मन्त्रालयले उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै अनावश्यक खर्च घटाउने लक्ष्यसहित यो निर्णय गरिएको स्पष्ट पारेको छ। यस कदमले प्रशासनिक कार्यमा पारदर्शिता बढाउनुका साथै फजुल खर्च नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सरकारले हाल सुशासन प्रवर्द्धन र सार्वजनिक खर्चमा मितव्ययिता सुनिश्चित गर्ने नीतिलाई प्राथमिकतामा राखिरहेका बेला मन्त्रालयको यो निर्देशन आएको हो।

0 Comments