२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशका अधिकांश सहरी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना

अ+ अ-

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । 

महाशाखाका अनुसार विभिन्न सहरको अद्यावधिक मौसम विवरणअनुसार तराईदेखि पहाड तथा हिमाली भूभागसम्म वर्षाको प्रभाव देखिने अनुमान गरिएको हो ।

मौसम विवरणअनुसार भैरहवा, सिमरा, जनकपुर, विराटनगर लगायतका तराई क्षेत्रका सहरमा दिउँसो हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिएको छ भने राति पनि वर्षा जारी रहने अनुमान छ । यी क्षेत्रमा अधिकतम तापक्रम ३० देखि ३६ डिग्री सेल्सियसको आसपास रहने महाशाखाको भनाई छ । ।

महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा पनि आज दिनभर मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यहाँ अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ भने रातिको तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म झर्नेछ ।

पूर्वी पहाडी क्षेत्रका धनकुटा, जिरी, ताप्लेजुङ र ओखलढुङ्गामा पनि वर्षाको प्रभाव देखिनेछ । यी क्षेत्रमा विशेषगरी बेलुका र रातिको समयमा मध्यम वर्षा हुने सम्भावना रहेको छ । त्यसैगरी पोखरा, जोमसोम र जुम्ला क्षेत्रमा पनि मेघगर्जनसहित हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ ।

पश्चिमी क्षेत्रका धनगढी, नेपालगञ्ज र वीरेन्द्रनगरमा दिउँसो हल्का वर्षा भए पनि रातिको समयमा आंशिक बदली रहने सम्भावना छ । यी क्षेत्रमा वर्षाको सम्भावना तुलनात्मक रूपमा कम देखिएको छ । 

मौसमविद् सरोज पुढासैनीले हाल देशभर स्थानीय वायुसँगै पश्चिमी वायु प्रणालीको प्रभावका कारण मौसम बदली भई वर्षाको अवस्था बनेको बताए । विभागले मेघगर्जन र चट्याङको जोखिम रहेकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

0 Comments