२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सदस्यता अद्यावधिक अभियान पार्टीलाई प्रविधिमैत्री बनाउने प्रयास’ : महामन्त्री पौडेल

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी संगठनलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउने उद्देश्यसहित क्रियाशील सदस्यता अद्यावधिक अभियान अघि बढाइएको बताएका छन्।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बदलिँदो राजनीतिक प्रतिस्पर्धामा सक्षम रहन संगठनात्मक संरचनालाई डिजिटल प्रणालीमा रूपान्तरण गर्नु आवश्यक रहेको उल्लेख गरे।

उनका अनुसार सदस्य र पार्टीबीचको सम्बन्धलाई सहज, व्यवस्थित तथा प्रभावकारी बनाउन आन्तरिक प्रणाली आधुनिकीकरण गर्न लागिएको हो।

महामन्त्री पौडेलले हाल सञ्चालनमा रहेको अद्यावधिक अभियानलाई काँग्रेसको ‘डिजिटलाइजेसन’ प्रक्रियाको महत्वपूर्ण हिस्सा भने। यस अभियानलाई केही पक्षले फरक अर्थमा व्याख्या गरेको संकेत गर्दै उनले यसको मूल उद्देश्य सदस्यहरूको विवरण सुरक्षित राख्नु, योगदानको अभिलेख व्यवस्थित गर्नु तथा पार्टी–सदस्य सम्बन्धलाई सुदृढ बनाउनु रहेको स्पष्ट पारेका छन्।

उनले अद्यावधिक प्रक्रिया नयाँ सदस्यता वितरण मात्र नभई पहिलेदेखि सदस्य बनेका, क्रियाशील सदस्यता नवीकरण गरेका वा वैध सदस्यता लिएका व्यक्तिहरूको अभिलेख अद्यावधिक गर्ने कार्य भएको बताएका छन्।

पार्टीसँग आफ्ना सदस्यहरूको आवश्यक विवरण पर्याप्त रूपमा उपलब्ध नभएको पनि उनले स्वीकार गरे। टेलिफोन नम्बर, सामाजिक सञ्जाल पहिचान, रुचि, योगदान गर्न चाहेको क्षेत्र तथा सहज सम्पर्क माध्यमसम्बन्धी सूचना अभाव रहेको उल्लेख गर्दै उनले आधुनिक संगठन सञ्चालनका लागि यस्ता तथ्यांक अपरिहार्य भएको बताए।

महामन्त्री पौडेलले सदस्यता अद्यावधिक अभियानलाई सफल बनाउन पार्टी पङ्क्ति तथा सदस्यहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गरेका छन्।

0 Comments