२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किर्ते सरकारी पत्रमार्फत १०० टन छोकडा आयात प्रयास : व्यवसायी अग्रवाल पक्राउ

अ+ अ-

काठमाडौँ । किर्ते सरकारी कागजात तयार पारेर प्रतिबन्धित छोकडा आयात गर्न खोजेको आरोपमा एक व्यवसायी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दिएको जानकारीअनुसार १०० टन छोकडा आयात गर्ने नक्कली अनुमति पत्र तयार गरी भन्सारमा पेस गर्ने नवीनकुमार अग्रवाललाई नियन्त्रणमा लिइएको हो ।

सीआईबीका अनुसार सिमभिन इन्टरनेसनल इम्पेक्स, कालिकास्थान काठमाडौँका सञ्चालक रहेका ५५ वर्षीय अग्रवाललाई बिहीबार वीरगञ्ज महानगरपालिका-११ आदर्शनगरबाट पक्राउ गरिएको हो । उनको स्थायी ठेगाना पनि वीरगञ्ज-११ नै रहेको प्रहरीले जनाएको छ ।

सरकारले निकासी-पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ बमोजिम २०७६ चैत २४ गते राजपत्रमा सूचना प्रकाशित गरी अर्को व्यवस्था नभएसम्मका लागि छोकडा आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ ।

तर, अग्रवालले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नक्कली लेटरहेड, छाप तथा पूर्वमहानिर्देशकको नाम र हस्ताक्षर प्रयोग गरी १०० टन छोकडा आयात गर्न पाउने झुटा अनुमति पत्र तयार पारी वीरगञ्ज भन्सार कार्यालयमा पेस गरेको सीआईबीले जनाएको छ ।

सीआईबीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक शिवबहादुर श्रेष्ठका अनुसार उक्त कागजात किर्ते भएको तथ्य भन्सारमा सामान आइपुगेपछि खुलासा भएको हो । “भन्सारमा प्रतिबन्धित वस्तु आएको शंका लागेपछि सम्बन्धित विभागमा जानकारी गराइएको थियो, त्यसपछि कागजात किर्ते रहेको खुलेको हो,” उनले भनेका छन् ।

प्रहरीका अनुसार सोही आधारमा भन्सार विभागले सम्बन्धित सामान जफत गरेको छ । अग्रवालले यसअघि पनि यस्तै प्रकृतिको काम गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रवक्ता श्रेष्ठले बताएका छन् ।

हाल अग्रवालमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २५ अन्तर्गत लिखत सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । यसका लागि काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको सीआईबीले जनाएको छ ।

0 Comments