काठमाडौँ। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग सभामुख डीपी अर्यालले छलफल सुरु गरेका छन्।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा जारी उक्त बैठक आगामी अधिवेशनको तयारी तथा समसामयिक संसदीय विषयहरूमा केन्द्रित रहेको जनाइएको छ।
छलफलमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक र सचेतकहरूको सहभागिता रहेको छ।
सभामुख अर्यालले संसद् सञ्चालनलाई प्रभावकारी बनाउने, आगामी अधिवेशनमा उठ्ने विषयवस्तु तथा संसदीय समन्वयलाई थप व्यवस्थित गर्ने उद्देश्यसहित बैठक आह्वान गरेका हुन्।






