२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने

अ+ अ-

काठमाडौँ । कम्बोडिया सरकारले अनलाइन स्क्यामिङमा संलग्नलाई कसुरको प्रकृतिअनुसार पाँच लाख अमेरिकी डलरसम्म जरिवाना र आजीवन कैदसम्मको सजाय हुने व्यवस्था सहित नयाँ कानुन लागू गरेको छ ।

थाइल्याण्डस्थित नेपाली दूतावासका अनुसार कम्बोडियाले अनलाइन स्क्यामिङ एक अन्तरदेशीय अपराध भएको उल्लेख गर्दै त्यस्ता गतिविधि नियन्त्रण तथा अन्त्य गर्न गत हप्तादेखि सो कानुन लागू गरेको हो । कम्बोडिया सरकारले अनलाइन स्क्यामिङ केन्द्रहरू बन्द गर्ने, नष्ट गर्ने तथा त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाएको छ ।

दूतावासले विभिन्न उद्देश्यले, विशेष गरी पर्यटनको बहानामा कम्बोडिया गई  भिसा अवधि समाप्त भएपछि पनि धेरै नेपाली नागरिक त्यहाँ बसिरहेको जनाइएको छ । साथै, केही नेपाली नागरिक अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्रहरूमा संलग्न रहेको जानकारी प्राप्त भएको दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

आफूलाई प्राप्त भिसा अवधिभन्दा बढी समय कम्बोडियामा नबस्न, कुनै  पनि गैरकानुनी गतिविधिमा संलग्न नहुन तथा यदि त्यस्ता कार्यमा संलग्न रहेको भए तुरुन्त बन्द गरी नेपाल फर्कन राजदूतावासले अनुरोध गरेको छ । दूतावासले उच्च तलब तथा आकर्षक सुविधाको प्रलोभनमा परी पर्यटकीय भिसामा कम्बोडियालगायत अन्य मुलुकहरूमा रोजगारीका लागि नजान अनुरोध गर्दै आएको छ ।

साथै दूतावासले वैदेशिक रोजगारीका लागि विदेश जानु अघि नेपालस्थित वैदेशिक रोजगार विभाग तथा सम्बन्धित मुलुकमा रहेका नेपाली राजदूतावास वा नेपाली वाणिज्यदूतावाससँग सम्पर्क गर्न अनुरोध गरेको छ । रोजगारदाता संस्था तथा रोजगारीको आधिकारिकता यकिन गरी वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जानुपर्ने दूतावासको भनाइ छ ।

नेपाल फर्कन सहजीकरण गर्ने उद्देश्यले राजदूतावासले कम्बोडियामा रहेका नेपाली नागरिकको तथ्यांक तथा सूचना संकलन गरिरहेको हुँदा अनलाइन फाराम भरी सहयोग गरिदिनु हुन अनुरोध गरेको छ । आफूलाई कम्बोडिया पुर्‍याउने व्यक्ति उपर नेपाल फर्केपछि तथा कम्बोडियाबाट नै पनि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी गर्नका लागिसमेत अनुरोध गरिएको छ ।

0 Comments