१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदीय समितिसम्बन्धी उजुरी व्यवस्थापनमा एकीकृत दर्ता प्रणाली कार्यान्वयन

अ+ अ-

काठमाडौँ । संघीय संसद् सचिवालयले संसदीय समितिहरूसँग सम्बन्धित गुनासो तथा सुझाव व्यवस्थापनलाई व्यवस्थित बनाउन एकीकृत दर्ता प्रणाली लागू गरेको जनाएको छ।

सचिवालयका अनुसार सार्वजनिक सरोकारका विषयमा आउने उजुरी, प्रतिक्रिया तथा सुझावलाई एउटै प्रवेश बिन्दुमार्फत दर्ता गर्ने उद्देश्यले ‘जनसम्पर्क-दर्ता चलानी एकाइ’ स्थापना गरिएको हो। यस व्यवस्थामार्फत सेवाग्राहीले विभिन्न समितिसँग सम्बन्धित विषय एउटै स्थानबाट पेश गर्न सक्नेछन्।

यसअघि सम्बन्धित समिति सचिवालयमै पुगेर मात्रै उजुरी दर्ता गर्नुपर्ने व्यवस्थाका कारण सेवाग्राहीले स्थान पहिचानमा समस्या भोग्नुका साथै प्रक्रिया जटिल बन्ने गरेको थियो। साथै एउटै विषयमा विभिन्न स्थानमा उजुरी दोहोरिने अवस्थाले व्यवस्थापनमा कठिनाइ उत्पन्न हुँदै आएको बताइएको छ।

नयाँ प्रणाली लागू भएसँगै उजुरी दर्ता तथा व्यवस्थापनमा दोहोरोपनाको अन्त्य हुने र प्रक्रिया सरल तथा प्रभावकारी हुने अपेक्षा गरिएको छ। सचिवालयले सेवाग्राहीको सहजताका लागि उक्त एकाइमार्फत प्रतिनिधि राखेर काम सञ्चालन गर्ने व्यवस्था मिलाइएको जनाएको छ।

0 Comments