काठमाडौँ । कृषि क्षेत्रलाई सुधार गरी उत्पादनमूलक बनाउनुपर्नेमा सांसदहरूले जोड दिएका छन् ।
प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा सांसदहरूले उत्पादन वृद्धि, बजारीकरणमा सहजता, बिचौलियालाई निरुत्साहित गर्दै सहकारी र स्थानीय तहको सहकार्यमा कृषि एम्बुलेन्स सञ्चालन गर्ने लगायतका विषयमा जोड दिएका थिए ।
सो बैठकले समितिको आन्तरिक बैठक कार्यविधि अध्ययन गर्न सात सदस्यीय उपसमिति गठन गर्ने निर्णयसमेत गरेको छ ।
समितिका सभापति अशोककुमार चौधरीले किसानका विभिन्न समस्या समाधान गर्नतर्फ सांसद सबैले सहकार्य गर्नुपर्ने धारणा राखेका छन् ।







