काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमसँग नेपालका लागि फ्रान्सकी राजदूत भिर्जिनि कोर्टेबलले शिष्टाचार भेट गरेकी छन्।
बुधबार दिउँसो मन्त्रालयमा भएको उक्त भेटमा राजदूत कोर्टेबलले मन्त्री गौतमलाई जिम्मेवारी सम्हालेको अवसरमा बधाई तथा शुभकामना व्यक्त गरेकी थिइन्।
भेटका क्रममा द्विपक्षीय सहकार्यका सम्भावित क्षेत्रहरूबारे विचार आदानप्रदान भएको मन्त्री गौतमले जानकारी दिएकी छन्। उनले मन्त्रालयसँग सहकार्य विस्तार गर्न सकिने विभिन्न विषयमा छलफल केन्द्रित भएको उल्लेख गरिन्।
उक्त भेटलाई नेपाल-फ्रान्स सम्बन्धका सन्दर्भमा संस्थागत सहकार्यका अवसर पहिचान गर्ने पहलका रूपमा लिइएको छ।






