२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी बैंकमा सामूहिक बहिर्गमन : अध्यक्षहरूले दिए राजीनामा, सञ्चालकसमेत बाहिरिए

अ+ अ-

काठमाडौँ । सरकारद्वारा सार्वजनिक संस्थान तथा निकायमा राजनीतिक नियुक्ति लिएका पदाधिकारीलाई हटाउने नीति अघि बढाइएपछि सरकारी लगानी रहेका बैंकहरूमा पनि त्यसको प्रभाव देखिएको छ । 

राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकका अध्यक्षहरूले पदबाट राजीनामा दिएका छन् ।

अर्थ मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय वाणिज्य बैंकमा अध्यक्षसहित सञ्चालक समितिका सबै सदस्यले सामूहिक रूपमा राजीनामा बुझाएका छन् । कृषि विकास बैंक र नेपाल बैंकमा भने अध्यक्षहरूले मात्रै पदत्याग गरेका हुन् ।

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक देवकुमार ढकाल रहेका थिए । बैंकको सञ्चालक समितिमा थानप्रसाद पँगेनी, लक्ष्मण घिमिरे, प्रा. डा. रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, डा. सूर्यबहादुर राना तथा हरिकुमार सिलवाल सदस्यका रूपमा रहेका थिए ।

कृषि विकास बैंकको अध्यक्ष पदमा डिमप्रसाद पौडेल तथा नेपाल बैंकको अध्यक्षमा प्रा. डा. डिल्लीराज शर्मा कार्यरत थिए ।

सरकारले हालै ल्याएको अध्यादेशमार्फत सार्वजनिक संस्थानमा राजनीतिक आधारमा नियुक्त भएका पदाधिकारीलाई पदमुक्त गर्ने व्यवस्था अघि बढाएको छ । यद्यपि, उक्त व्यवस्था नेपाल राष्ट्र बैंक तथा सरकारी बैंकहरूमा प्रत्यक्ष रूपमा बाध्यकारी भने थिएन ।

यद्यपि ऐनमार्फत नियुक्त भएका सबै पदाधिकारीलाई पदमुक्त गर्ने सरकारी तयारी रहे पनि नियमावली तथा मापदण्डका आधारमा नियुक्त भएका केही पदाधिकारी प्रारम्भिक निर्णयबाट जोगिएका थिए । निर्णय प्रक्रियामा पर्याप्त स्पष्टता नपुग्दा कतिपय पदाधिकारी पदमा कायम रहेकामा अब स्वेच्छिक रूपमा राजीनामा नदिए थप निर्णयमार्फत बर्खास्त गर्न सकिने उच्च स्रोतले जनाएको छ ।

सरकारको पछिल्लो कदमसँगै सार्वजनिक संस्थानहरूमा भएका राजनीतिक नियुक्तिको पुनरावलोकन तथा पुनर्संरचनाबारे बहससमेत तीव्र बनेको छ ।

0 Comments