२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परराष्ट्र नीतिको दायरा परम्परागत कूटनीतिभन्दा व्यापक भएको मन्त्री खनालको दाबी

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिलाई समसामयिक आवश्यकता अनुरूप प्रभावकारी बनाउन बौद्धिक बहस र अनुसन्धानमूलक अध्ययनको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

नेपाल काउन्सिल अफ वर्ल्ड अफेयर्स (एनसीडब्लुए) को वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले अहिलेको परराष्ट्र नीति केवल उच्चस्तरीय भ्रमण, सन्धि वा औपचारिक सम्झौतामा सीमित नरहेको उल्लेख गरे ।

उनका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको सुरक्षा, डिजिटल अर्थतन्त्रमार्फत युवाको अन्तर्राष्ट्रिय अवसरमा पहुँच तथा महामारीजस्ता संकटका बेला औषधि र खोपको उपलब्धता सुनिश्चित गर्नु पनि नेपालको कूटनीतिक प्राथमिकताभित्र पर्ने विषय हुन् ।

मन्त्री खनालले विश्व समुदाय अहिले जलवायु परिवर्तन, ऊर्जा सुरक्षा र विश्वव्यापी आपूर्ति प्रणालीमा देखिएका अवरोधजस्ता जटिल चुनौतीसँग जुधिरहेको उल्लेख गर्दै नेपालले पनि ती विषयलाई ध्यानमा राखेर आफ्नो कूटनीतिक दृष्टिकोण विकसित गर्नुपर्ने बताए ।

उनले औपचारिक कूटनीतिक संयन्त्रले तत्काल सम्बोधन गर्न नसक्ने संवेदनशील विषयहरूमा अनौपचारिक तथा बौद्धिक संवादको आवश्यकता औँल्याउँदै ‘ट्र्याक टू डिप्लोमेसी’ को महत्वमा जोड दिए । यस प्रकारको संवाद विस्तारमा एनसीडब्लुएले सेतुको भूमिका निर्वाह गर्नुपर्ने उनको धारणा थियो ।

सन् १९४८ मा स्थापना भएको उक्त संस्थाले नेपालको कूटनीतिक बहस र नीति विकास प्रक्रियामा दीर्घकालदेखि सक्रिय योगदान पुर्‍याउँदै आएको पनि मन्त्री खनालले उल्लेख गरे ।

0 Comments