८ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा सुदृढ बनाउन प्रभावकारी कूटनीतिक सक्रियतामा सभामुख अर्यालको जोड

अ+ अ-

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपालको अन्तर्राष्ट्रिय छवि, गौरव र राष्ट्रिय प्रतिष्ठा सुदृढ हुने गरी कूटनीतिक गतिविधिलाई प्रभावकारी ढंगले अघि बढाउन सम्बद्ध निकाय र कूटनीतिक क्षेत्रलाई आग्रह गरेका छन् ।

नेपाल विश्व सम्बन्ध परिषद्ले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले नेपालका कूटनीतिक प्रयासलाई थप परिणाममुखी बनाउन कूटनीतिक नियोगहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।

सभामुख अर्यालले राष्ट्रिय महत्वका विषयलाई अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा प्रस्तुत गर्न विज्ञ, प्राविधिक क्षेत्र र सर्वसाधारणको सहभागिता जोडिएका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।

उनका अनुसार नयाँ पुस्तालाई राष्ट्रिय सार्वभौमसत्ता, भौगोलिक अखण्डता, प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा तथा राष्ट्रिय पहिचानप्रति सचेत बनाउनु आवश्यक छ । त्यसका लागि शिक्षा र प्रविधिको उपयोग गर्दै अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा जनमुखी कार्यक्रम सञ्चालन गर्नुपर्ने उनले बताए ।

यस्ता गतिविधिले दीर्घकालीन रूपमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई सकारात्मक दिशामा अघि बढाउन सहयोग पुग्ने सभामुख अर्यालको भनाइ थियो ।

उनले राष्ट्रिय नीतिका उद्देश्य हासिल गर्न विभिन्न क्षेत्रको समन्वित प्रयास अपरिहार्य रहेको उल्लेख गर्दै कूटनीतिक नियोगहरूको सहकार्यबाट नेपालको कूटनीतिक उपस्थिति विश्वस्तरमा थप सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याए ।

0 Comments