२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इरानले पठायो अमेरिकी शान्ति प्रस्तावको जवाफ

अ+ अ-

एजेन्सी । इरानले आइतवार वाशिंगटनको पछिल्लो शान्ति प्रस्तावको जवाफ दिएको छ ।

शनिबार राति इरानी ड्रोनले खाडी क्षेत्रका धेरै लक्ष्यहरूमा आक्रमण गर्ने चेतावनीबिच अमेरिकाको इरानसँगको युद्धमा शान्तिका लागि पठाएको प्रस्तावको जवाफ पठाएको हो ।

शान्तिका लागि वार्ता र छलफल चलिरहँदा तेहरानले कुनै पनि नयाँ अमेरिकी आक्रमणको बदला लिनबाट पछि नहट्ने पनि जनाएको छ।

सरकारी प्रसारक आइआरआईबीका अनुसार तेहरानको प्रतिक्रिया, पाकिस्तानी मध्यस्थकर्ताहरूलाई दिइएको छ । जवाफ इरान लगायतका सहयोगी समूहमाथिको आक्रमण रोक्ने र विशेष गरी लेबनानमा युद्ध अन्त्य गर्ने विषय र ‘ढुवानी सुरक्षा सुनिश्चित गर्ने’ विषयलाई जोड दिइएको बताइएको छ । 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानबाट शुक्रबारसम्ममा जवाफको अपेक्षा गरिरहेको बताएका थिए । प्रतीक्षा लम्बिँदै जाँदा खाडीमा युद्धविरामबिच तनाव बढ्दै गएको छ । आइतबारको ड्रोन हमलामा एउटा कतारको बन्दरगाहतर्फ जाँदै गरेको मालवाहक जहाजमा क्षति पुगेको थियो।

संयुक्त अरब इमिरेट्सले इरानलाई अर्को आक्रमणमा इरानको हात रहेको आरोप लगाएको छ, जुन पुष्टि भएमा यो एक महिना पुरानो युद्ध विराम सुरु भएयता खाडी देशमाथि दोस्रो कथित आक्रमण हुनेछ।

इरानका राष्ट्रपति मसुद पेजेस्कियनले आइतबार भनेका छन्, “हामी शत्रुसामु कहिल्यै झुक्ने छैनौँ र वार्ता वा छलफलको कुरा हुँदैमा यसको अर्थ आत्मसमर्पण वा पछि हट्नु हुँदैन ।”

यसैबीच, तेहरानका सेना प्रमुख अलि अब्दोल्लाहीले देशका सर्वोच्च नेता मोजतबा खामेनीसँग भेट गरी ‘शत्रुसँग लड्नका लागि अपरेसन जारी राख्न नयाँ निर्देशन र मार्गदर्शन’ प्राप्त गरेको’ बताएका छन्। 

युरेनियम हटाउनुपर्छ
यसैबीच, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार एक अन्तर्वार्तामा भनेका छन्, इरानविरुद्ध अमेरिका–इजरायल युद्ध समाप्त हुनुअघि इरानसँग संवर्धित युरेनियमको भण्डार ‘निकालिनुपर्ने’ मा जोड दिएका छन् ।

‘यो समाप्त भएको छैन, किनकि त्यहाँ अझै पनि आणविक सामग्री (संवर्धित युरेनियम) छ । यसलाई इरानबाट बाहिर निकाल्नु पर्छ । त्यहाँ अझै पनि संवर्धन साइटहरू छन् जुन भत्काउन बाँकी छ।’ नेतान्याहूले सिबिएसको ‘सिक्स्टी मिनट’ कार्यक्रममा आइतबार प्रसारण हुने एक अन्तर्वार्ताको अंशमा भनेका छन् 

0 Comments