काठमाडौँ । घुस लेनदेनसम्बन्धी अभियोगमा नेपाल विद्युत् प्राधिकरणका एक वितरण केन्द्र प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार नेपाल विद्युत् प्राधिकरण सप्तरीको कञ्चनपुर वितरण केन्द्रका प्रमुख महेन्द्रकुमार दासविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
आयोगको दाबी अनुसार चार्जिङ स्टेशनका लागि ट्रान्सफर्मर जडान गरी विद्युत् लाइन उपलब्ध गराउने प्रक्रियासम्बन्धी काम मिलाइदिने प्रयोजनमा सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ लिँदै गरेको अवस्थामा दासलाई केही दिनअघि नियन्त्रणमा लिइएको थियो।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार बरामद भएको रकमलाई आधार मानेर बिगो कायम गर्दै कानुनी कारवाहीको मागसहित मुद्दा दायर गरिएको छ।








