२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रेड युनियन खारेजीविरुद्ध सर्वोच्चको संवैधानिक इजलासमा, आजै आदेश आउने सम्भावना

अ+ अ-

काठमाडौँ । सरकारले अध्यादेशमार्फत निजामती कर्मचारी, शिक्षक तथा सार्वजनिक संस्थानमा क्रियाशील ट्रेड युनियन तथा पेशागत संगठनहरू खारेज गर्ने निर्णयविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासबाट आजै आदेश आउने सम्भावना रहेको छ ।

नेपाल निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी दाहालसहितले दायर गरेको रिटमाथि सोमबार(आज) संवैधानिक इजलासमा बहस भइरहेको हो । रिट निवेदकहरूले संविधानद्वारा प्रदत्त संगठन खोल्ने तथा पेशागत हकलाई सरकारले अध्यादेशमार्फत कुण्ठित गरेको जिकिर गरेका छन् ।

सरकारले केही समयअघि जारी गरेको अध्यादेशमार्फत निजामती कर्मचारी, शिक्षक तथा अन्य सरकारी संघसंस्थामा आवद्ध ट्रेड युनियन तथा पेशागत संगठनहरूको मान्यता खारेज गर्ने व्यवस्था गरेको थियो । त्यसविरुद्ध विभिन्न कर्मचारी संगठन तथा पेशागत समूहहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

रिट निवेदकहरूको तर्फबाट अध्यादेश संविधानको मर्म र मौलिक हकविपरीत रहेको तर्क गरिएको छ भने सरकारका तर्फबाट प्रशासनिक सुधार, सेवा प्रवाहमा निष्पक्षता तथा सरकारी संरचनालाई राजनीतिक प्रभावबाट मुक्त बनाउन उक्त व्यवस्था आवश्यक रहेको दाबी गरिएको छ ।

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको अध्यक्षतामा रहेको संवैधानिक इजलासमा न्यायाधीशहरू कुमार रेग्मी, हरि फुयाँल, विनोद शर्मा र सारंगा सुवेदी सदस्य छन् । इजलासमा बहस जारी रहेकाले आजै आदेश आउने सम्भावना रहेको सर्वोच्च स्रोतले जनाएको छ ।

यसैबीच, सर्वोच्च अदालतले सोमबार नै विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । उक्त आदेशपछि ट्रेड युनियन खारेजीसम्बन्धी रिटको सुनुवाइलाई पनि चासोका साथ हेरिएको छ

0 Comments