काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी केन्द्रीय समितिमा १९ जना नेतालाई मनोनयन गरेका छन्।
पार्टीभित्रको आन्तरिक सन्तुलनलाई ध्यानमा राख्दै पूर्वसभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला निकट नेताहरूलाई केन्द्रीय समितिमा समेटिएको जनाइएको छ।
मनोनयनमा पूर्व सहमहामन्त्री जीवन परियार र महेन्द्र यादव पनि परेका छन्। परियारलाई डा। शेखर कोइराला समूहसँग निकट मानिन्छ भने यादव पूर्वसभापति देउवा पक्षसँग आबद्ध नेताका रूपमा चिनिन्छन्।
विशेष महाधिवेशनपछि पहिलोपटक सभापति थापाले केन्द्रीय समितिलाई विस्तार गरेका हुन्। पूर्व पदाधिकारी तथा अन्य नेताहरूलाई समेटेर पार्टी संरचनालाई थप पूर्णता दिने प्रयास गरिएको कांग्रेस स्रोतले जनाएको छ।







