२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनतासँग दूरी बढेका कार्यकर्ताका कारण निर्वाचनमा पराजय भएको एमाले महासचिव पोखरेलको निष्कर्ष

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो निर्वाचनमा पराजय भोग्नुको प्रमुख कारण जनतासँग सम्बन्ध कमजोर भएका कार्यकर्तामाथिको निर्भरता भएको बताएका छन्।

मदन आश्रित स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘जनताको बहुदलीय जनवाद र युवा’ विषयक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले निर्वाचन परिणामको गहिरो समीक्षा आवश्यक रहेको बताए। उनका अनुसार जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेका कार्यकर्ताको सट्टा जनसरोकारबाट टाढिएका व्यक्तिहरूको भरमा चुनावी प्रतिस्पर्धा गर्दा परिणाम प्रतिकूल आएको हो।

उनले पार्टी जनतामुखी भन्दा सत्ताकेन्द्रित बन्दै जाँदा संगठनात्मक कमजोरी बढेको टिप्पणी गरे। उनका अनुसार जनताको बहुदलीय जनवाद (जब) कार्यान्वयनमा देखिएको कमजोरी र सत्तासँग निकट हुने प्रवृत्तिले पार्टीलाई कमजोर बनाएको छ।

पोखरेलले जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने र समाजसँग घुलमिल हुने कार्यकर्ता तयार गर्न संगठनात्मक शैली परिवर्तन आवश्यक रहेको बताए। उनका अनुसार वैचारिक स्पष्टतासहितका युवाशक्ति पपुलिज्मको विकल्प बन्न सक्नेछन्।

उनले पपुलिज्मको आवरणमा अधिनायकवादी प्रवृत्ति देखा पर्न सक्ने भन्दै त्यसलाई रोक्न वैचारिक आन्दोलन आवश्यक रहेको धारणा राखे। युवाहरूले सूचना प्रविधिको उपयोग गर्दै समाजवाद र मार्क्सवादी दृष्टिकोणलाई नयाँ ढंगले व्याख्या गर्नुपर्ने उनको भनाइ थियो।

उनले विचारहीन लोकप्रियतावादले पुँजीवादी संरचना मात्र मजबुत बनाउने तर दीर्घकालीन रूपमा सामाजिक रूपान्तरण गर्न नसक्ने टिप्पणी गरे।

पोखरेलका अनुसार पछिल्ला वर्षमा देशमा लगानीमैत्री वातावरण कमजोर हुँदै गएको, बैंकिङ क्षेत्रमा पुँजी निष्क्रिय भएर बसेको तथा उत्पादनमुखी लगानी घट्दै गएको देखिएको छ। उनले आयात वृद्धि र निर्यात घट्ने प्रवृत्तिले अर्थतन्त्र दबाबमा परेको उल्लेख गरे।

उनले युवाहरू विदेश पलायन हुने क्रम बढ्नु र मुलुकभित्र लगानीको आकर्षण घट्नु चिन्ताजनक भएको बताए। साथै सरकारले लिएका केही नीतिगत कदमहरूले रोजगारी सिर्जना भन्दा बेरोजगारी बढाउने जोखिम देखिएको टिप्पणी गरे।

सुकुम्वासी बस्ती व्यवस्थापनजस्ता कदमहरूले आर्थिक भार थपेको र यसले पलायनलाई समेत प्रोत्साहन गरेको उनको दाबी छ।

पोखरेलले जनताको बहुदलीय जनवादलाई केवल कार्यक्रम नभई सिद्धान्तका रूपमा स्थापित गरिसकिएको उल्लेख गर्दै यसलाई नेपाली राजनीतिक अभ्याससँग जोड्ने प्रयास निरन्तर जारी रहने बताए। उनले पछिल्लो निर्वाचनमा पार्टीको दृष्टिकोणप्रति जनविश्वास कमजोर देखिनु पराजयको प्रमुख कारणमध्ये एक भएको पनि स्वीकार गरे।

0 Comments