२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चालु आवको १० महिनामा ४५ अर्बभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो १० महिनामा नेपालमा ४५ अर्ब ३२ करोड १६ लाख रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता स्वीकृत भएको छ।

विभागले सार्वजनिक गरेको विवरणअनुसार वैशाख मसान्तसम्म अटोमेटिक रुटमार्फत ५ अर्ब ७६ करोड रुपैयाँ तथा अप्रुभल रुटमार्फत ३९ अर्ब ५५ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको हो। वैशाख महिनामा मात्रै करिब ३ अर्ब ५२ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।

यस अवधिमा कुल ७२८ कम्पनीमार्फत वैदेशिक लगानी प्रस्ताव दर्ता भएका छन्। तीमध्ये १९५ कम्पनी अप्रुभल रुट तथा ५३३ कम्पनी अटोमेटिक रुटमार्फत दर्ता भएका हुन्। वैशाख महिनामा मात्रै ११३ कम्पनी दर्ता भएको तथ्यांक विभागले सार्वजनिक गरेको छ।

चालु आवमा दर्ता भएका कम्पनीमध्ये नौ वटा ठूला, आठ वटा मझौला तथा ७११ वटा साना प्रकृतिका उद्योग रहेका छन्। वैशाख महिनामा एउटा ठूला र बाँकी ११२ वटा साना उद्योग दर्ता भएका विभागको विवरणमा उल्लेख छ।

यी उद्योगमार्फत करिब २३ हजार ५३० जनालाई रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ।

क्षेत्रगत रूपमा हेर्दा सूचना प्रविधि क्षेत्रमा सबैभन्दा धेरै वैदेशिक लगानी प्रतिबद्धता आएको देखिएको छ। कुल दर्ता उद्योगमध्ये करिब ५८ प्रतिशत अर्थात् ४२१ उद्योग सूचना प्रविधिसँग सम्बन्धित छन्।

त्यसैगरी पर्यटन क्षेत्रमा १८९, उत्पादनमूलक क्षेत्रमा ४२ तथा सेवा क्षेत्रमा ५५ उद्योग दर्ता भएका छन्। कृषि क्षेत्रमा १६ उद्योग दर्ता हुँदा खानी तथा पूर्वाधार क्षेत्रमा एक–एक उद्योग दर्ता भएको विभागले जनाएको छ।

विभागका अनुसार चालु आवको साउन महिनामा सबैभन्दा धेरै लगानी प्रतिबद्धता आएको थियो। त्यसपछि भदौमा देखिएको ‘जेन जेड आन्दोलन’पछिको राजनीतिक तथा आर्थिक अवस्थाले लगानी प्रतिबद्धता घटेको देखिए पनि पछिल्लो समय निर्वाचन र नयाँ सरकार गठनपछि लगानीको प्रवृत्तिमा केही सुधार देखिएको उल्लेख गरिएको छ।

0 Comments