२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किसानको घरदैलोमै पुगेर पशुपन्छीको औषधोपचार

अ+ अ-

बेनी (म्याग्दी) । यहाँको बेनी नगरपालिका-३ भकिम्लीमा पशुपालन गर्ने किसानका घरदैलोमा पुगेर पशुपन्छीको उपचार गरिएको छ । सदरमुकाम बेनीबाट भौगोलिक रूपमा टाढाको दूरीमा पर्ने भकिम्लीमा नि:शुल्क पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सञ्चालन गरेर नगरपालिकाले घरदैलोमै पशुपन्छीको उपचार गरेको हो ।

आइतबार आयोजित शिविरमा ७७ जना किसानका करिब तीन हजार ५०० पशुपन्छीका लागि औषधि वितरण गरिएको नगरपालिकाका सहायक पशु चिकित्सक प्रदीप गौतमले जानकारी दिए। उनका अनुसार शिविरमा गाईभैँसी, बाख्रा, कुखुरालगायतका लागि औषधि वितरणका साथै घरदैलो गरी पशुपन्छीको स्वास्थ्य जाँच तथा उपचारसमेत गरिएको छ ।

शिविरमा नगरपालिकाका पशु चिकित्सक डा. सुदीप पौडेल, सहायक पशु चिकित्सक गौतम, प्राविधिक सूर्यलाल नेपाली, हरिकृष्ण पौडेल, महित मल्लिकसहित प्रशिक्षार्थी प्राविधिक करुणा पुन र भूमिका पुनले पशुपन्छीको उपचार तथा किसानलाई औषधि वितरण रेका थिए ।

ग्रामीण भेगमा पशुपालन गर्ने किसानलाई घरदैलोमा औषधोपचार सेवा दिन शिविर सञ्चालन गरी सेवा प्रदान गरिएको नगरपालिकाका पशु चिकित्सक पौडेलले जानकारी दिए। उनका अनुसार शिविरमा किसानलाई पशुपालनका सम्बन्धमा प्राविधिक परामर्श पनि प्रदान गरिएको छ ।

शिविरमा आन्तरिक तथा बाह्य परजिवी नियन्त्रण तथा बाँझोपन निवारणको औषधि वितरण गर्नुका साथै पाचक, क्याल्सियम, मिनरललगायत औषधि वितरण गरिएको थियो । शिविरका क्रममा भकिम्लीका विभिन्न टोलबस्तीमा पशु प्राविधिकको टोलीद्वारा घरदैलो गरी पशुको स्वास्थ्योपचार, गर्भ परीक्षण, गाइभैँसीको पेटमा किल्लाकाँटीको परीक्षणका साथै गाईभैँसी र बाख्रामा जुम्रा, किर्ना, उपियाँ, लुतोलगायत समस्याको समेत औषधोपचार गरिएको थियो ।

भकिम्लीमा व्यावसायिक रूपमा बाख्रा, कुखुरा, गाइभैँसीपालन हुँदै आएको छ । नयाँ किसान प्राविधिक ज्ञान नहुँदा पशुपन्छीको स्वास्थ्योपचारमा अनविज्ञ भएको अवस्थामा शिविरबाट पशुपन्छीको उपचारसँगै प्राविधिक परामर्श सेवाबाट लाभान्वित बनेको वडाध्यक्ष पदमबहादुर पुनले बताए ।

 बेनी नगरपालिकाले पशु सेवा शाखामार्फत वडा तहमा पशु स्वास्थ्य शिविर सञ्चालन गरेर पशुपालक किसानको समस्यामा सहजीकरण गर्दै आएको छ । नगरपालिकाले किसानलाई उत्पादनमा आधारित नगद अनुदानसमेत वितरण गर्दै आएको छ ।

0 Comments