काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधि सभाका सबै सांसदहरूका लागि अभिमुखीकरण तालिम सञ्चालन गर्ने भएको छ ।
प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा सभामुख डीपी अर्यालले सचिवालयमार्फत सांसदहरूलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम ल्याइने जानकारी गराएका हुन् ।
उनका अनुसार उक्त तालिमका लागि आवश्यक तयारी पूरा गरी छिट्टै औपचारिक सूचना सार्वजनिक गरिनेछ ।







