काठमाडौँ । लोक सेवा आयोगले सहसचिव पदका विभिन्न सेवातर्फको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।
आयोगले नेपाल प्रशासन सेवा, नेपाल संसद् सेवा, नेपाल लेखापरीक्षण सेवा तथा नेपाल न्याय सेवाअन्तर्गत सञ्चालन गरिएका विभिन्न चरणका परीक्षापछि अन्तिम छनोट सूची प्रकाशन गरेको हो ।
आयोगका अनुसार लिखित परीक्षा, अन्तर्वार्ता तथा सम्बन्धित प्रक्रिया पूरा भएपछि सफल उम्मेदवारहरूको अन्तिम नतिजा सार्वजनिक गरिएको हो ।














