२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘गाभी’को उच्चस्तरीय टोलीसँग स्वास्थ्यमन्त्री मेहताको छलफल

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नेपालमा खोपको प्रभावकारी उपलब्धताका बारेमा ‘खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)का उच्चस्तरीय टोलीसँग छलफल गरेकी छिन् ।

स्विट्जरल्यान्ड जेनेभामा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को ७९औँ विश्व स्वास्थ्य सभामा भाग लिने क्रममा गाभीका उच्चस्तरीय टोलीसँगको छलफलमा उनले सङ्क्रमणकालमा खोप कार्यक्रमलाई प्रभावित हुन नदिन गाभीसँगको निरन्तर सहयोग अपरिहार्य रहेको बताएकी छिन् ।

उनले नेपालको सार्वजनिक स्वास्थ्य खर्च अझै पनि कुल गार्हस्थ्य उत्पादनको करिब पाँच प्रतिशतको हाराहारीमा मात्र सीमित रहेको अवस्थामा गाभीसँगको निरन्तर सहयोग र घनिष्ठ समन्वय अपरिहार्य रहेको बताएकी मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । 

मन्त्री मेहताले स्वास्थ्य क्षेत्रको स्तरोन्नतिसँगै अन्तर्राष्ट्रिय अनुदानको ढाँचा परिवर्तन हुने र खोप खरिदमा नेपालले आफ्नै आन्तरिक लगानी क्रमशः बढाउँदै लगेर अन्ततः आफैँ सक्षम हुनुपर्ने अवस्था रहेको बताइन् ।

छलफलमा पारस्परिक सहकार्यलाई निरन्तरता दिने र सङ्क्रमणकालीन वित्तीय व्यवस्थापनलाई अवरोध नहुने विषयमा सहमति भएको मन्त्रालयका सह प्रवक्ता डा. अधिकारीले जानकारी दिए । बैठकले नेपालको राष्ट्रिय स्वास्थ्य प्रणालीलाई थप मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने मन्त्री मेहताले बताएको उनले जानकारी दिइन् ।

आर्थिक स्तरोन्नतिको समयमा पनि जीवन रक्षक स्वास्थ्य सेवामा सबै नागरिकको समतामूलक पहुँच सुनिश्चित गर्न र दुई दशकभन्दा लामो नेपाल र गाभीबीचको साझेदारीलाई अझ विस्तार गर्न छलफलमा दुवै पक्ष प्रतिबद्ध देखिएको थियो ।

दुई पक्षको सहकार्यले समग्र नेपाली जनताको स्वास्थ्य र भलाइमा दीर्घकालीन योगदान पुर्‍याउने सुनिश्चित गरेको मन्त्री मेहताले उल्लेख गरेको मन्त्रालयका सह प्रवक्ता डा. अधिकारीले बताए।

गाभीले सन् २००० यता नेपालको राष्ट्रिय खोप कार्यक्रमको एक प्रमुख साझेदार रहँदै आएको छ । सन् २०२५ मा नेपालले हासिल गरेको ‘रुबेला निवारण’ लगायत एचपिभी र अन्य जीवन रक्षक खोपको सफल विस्तारमा गाभीको महत्त्वपूर्ण प्राविधिक तथा वित्तीय भूमिका रहेको मन्त्री मेहताले उल्लेख गरेका छन् । “आगामी सन् २०२६ नोभेम्बरमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सङ्घारमा रहेको परिप्रेक्ष्यमा यो वार्ताले विशेष रणनीतिक महत्त्व राख्दछ,” मन्त्री मेहताले भनेकी छिन् । 

0 Comments