२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अत्याधिक गर्मी बढेपछि पठनपाठन प्रभावित

अ+ अ-

कञ्चनपुर । अत्यधिक गर्मी बढ्न थालेपछि स्थानीय पालिहरूले विद्यालयमा बिदा दिन थालेका छन् । विद्यार्थीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै केही स्थानीय पालिकाले गर्मी बिदाबाट कट्टा हुने गरी विद्यालयमा बिदा दिने गर्ने निर्णय गरेका हुन् ।

भीमदत्त नगरपालिकाले जेठ ११ गतेदेखि १३ गतेसम्म नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण संस्थागत र सामुदायिक विद्यालयमा बिदा दिएको छ । नगरपालिकाको शिक्षा शाखा प्रमुख हरिदत्त जोशीका अनुसार अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले बिदा दिने निर्णय गरिएको छ । उनका अनुसार उक्त बिदा गर्मी बिदाबाट कट्टा हुनेछ ।

त्यसैगरी कृष्णपुर नगरपालिकाले पनि आइतवारदेखि लागू हुने गरी तीन दिनका लागि नगरपालिका क्षेत्रका सबै विद्यालयमा बिदा दिएको छ । 

नगर प्रमुख हेमराज ओझाले अत्यधिक गर्मीका कारण विद्यालयमा पठनपाठन प्रभावित हुन थालेपछि विद्यार्थीको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर बिदा दिइएको बताए ।

यस्तै शुक्लाफाँटा नगरपालिकाले पनि गर्मीको अवस्थालाई मध्यनजर गरी छलफल गरेर बिदा दिने विषयमा निर्णय गरिने जनाएको छ । नगरपालिका शिक्षा शाखा प्रमुख टिकेन्द्रराज भट्ट ले मौसमको अवस्थालाई निरन्तर निगरानीमा राखिएको बताए । 

गर्मीका कारण बालबालिकामा टाउको दुख्ने, कक्षाकोठामै निदाउने तथा अध्ययनमा ध्यान केन्द्रित गर्न कठिन हुने समस्या देखिन थालेको शिक्षकहरूले बताउनु भएको छ । “धेरै विद्यालयका कक्षाकोठामा पङ्खा छैनन्, भएका केही पङ्खा पनि बिग्रिएका छन्, जसले पठनपाठन सञ्चालन गर्न समस्या भएको छ, टिनको छाना भएका कक्षाकोठामा बसी नसक्नु छ”, एक शिक्षकले गुनासो गरे । 

हाल कञ्चनपुर र कैलाली जिल्लामा दिउँसोको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्न थालेको छ ।

0 Comments