२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गणतन्त्र दिवस समारोहमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्न सक्ने, राष्ट्रपतिलाई पत्राचार

अ+ अ-

काठमाडौँ । आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सम्बोधन नगर्ने भएका छन् । यससम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रपति कार्यालयमा पत्राचार भएसँगै बालेनले सम्बोधन नगर्ने विषयमा पुन: बहस शुरु भएको छ ।

गणतन्त्र दिवस मूल समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्षसहित विशिष्ट व्यक्तिहरूको सहभागिता रहने परम्परा छ । विगतमा उक्त समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने अभ्यास रहँदै आएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रपतिलाई समारोहका लागि पत्र पठाइएको छ । पत्रमा संविधानको धारा ६६ को उपधारा (२) को सन्दर्भ उल्लेख गर्दै गणतन्त्र दिवस विशेष समारोहलाई सम्बोधन गर्न अनुरोध गरिएको जनाइएकोसमेत स्रोतले जनाएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले राष्ट्रपति कार्यालयमा पत्र प्राप्त भएको पुष्टि गरेका छन् । उनले प्रशासनसँग भने, प्रधानमन्त्री कार्यालयबाट पत्र आएको तर सम्बोधनको विषयमा भने केही उल्लेख नभएको बताएका छन् । “यसअघिको परम्परा तथा चलनचल्ती अनुशार राष्ट्रपतिज्यूलाई पत्र प्राप्त भएको छ” उनले प्रशासनलाई भने ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिले सम्बोधन गर्नु उपयुक्त हुने तर्कसहित पत्राचार गरिएको हो । यस विषयमा मन्त्रिपरिषदबाट समेत निर्णय भएको र सोहीअनुसार प्रक्रिया अघि बढाइएको ती स्रोतको भनाई छ ।

मन्त्रिपरिषद्ले प्रधानमन्त्री शाहको नेतृत्वमा गणतन्त्र दिवस मूल समारोह समिति गठन गरिसकेको छ । समितिले समारोह सञ्चालन तथा तयारीका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाइएको छ ।

यसबीच, प्रधानमन्त्री बालेन्द्र शाह नियुक्त भएपछि संसद् बैठकदेखि सार्वजनिक समारोहसम्ममा सम्बोधन नगरेको सन्दर्भमा गणतन्त्र दिवसको विशेष समारोहमा पनि उनी सम्बोधनबाट अलग रहने सम्भावनाका रूपमा हेरिएको छ ।

0 Comments