६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्रियाशील सदस्यता अद्यावधिकका लागि सातै प्रदेशमा काँग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले १५औँ महाधिवेशनको तयारीसँगै क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियालाई व्यवस्थित र तीव्र बनाउन सातै प्रदेशमा केन्द्रीय तहका जिम्मेवार प्रतिनिधि परिचालन गरेको छ।

सोमबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले सदस्यता वितरण तथा नवीकरणलाई सहज र प्रभावकारी बनाउने उद्देश्यसहित प्रदेशगत समन्वयका लागि विशेष जिम्मेवारी बाँडफाँड गरेको हो।

महामन्त्री एवं समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षता तथा महामन्त्री गगनकुमार थापाको उपस्थितिमा बसेको बैठकले प्रदेशअनुसार प्रतिनिधि खटाउने निर्णय गरेको छ। सोअनुसार कोशी प्रदेशमा डा. डिला संग्रौला, मधेश प्रदेशमा देवराज चालिसे, बागमती प्रदेशमा बहादुर सिंह लामा र गण्डकी प्रदेशमा मुक्ताकुमारी यादवलाई अनुगमन तथा समन्वयको जिम्मेवारी दिइएको छ।

त्यसैगरी लुम्बिनी प्रदेशका लागि अमरसिंह पुन, कर्णाली प्रदेशका लागि जानकी सिंह र सुदूरपश्चिम प्रदेशका लागि उदय शमशेर राणालाई जिम्मेवारी तोकिएको छ। उनीहरूले सम्बन्धित प्रदेशका संगठनात्मक संरचनासँग समन्वय गर्दै सदस्यता अद्यावधिक प्रक्रियाको अनुगमन गर्नेछन्।

बैठकले नयाँ सदस्यता वितरण तथा नवीकरण गरी केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने अन्तिम समयसीमा जेठ २१ गते निर्धारण गरेको छ। साथै, १४औँ महाधिवेशनका क्रममा छानबिन समितिबाट मान्यता पाएका सदस्यहरूलाई पुरानै सदस्यताका आधारमा नवीकरण प्रक्रियामा समेट्न जिल्ला सभापतिहरूलाई परिपत्र गर्ने निर्णय पनि गरिएको छ।

पार्टी प्रवेश तथा समायोजन प्रक्रियामार्फत आएका सदस्यहरूको व्यवस्थापनमा देखिएका समस्याहरू समाधान गर्न १३ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ। सो सूचीमा बारा, सिराहा, धनुषा, सप्तरी र काठमाडौँसहितका जिल्लाहरू समावेश छन्, जहाँ सम्बन्धित जिम्मेवारी तोकिएका प्रतिनिधिहरू परिचालन गरिनेछ।

यसैगरी विदेशस्थित जनसम्पर्क समितिहरूलाई सदस्यता अद्यावधिक र अधिवेशन तालिका बुझाउन निर्देशन दिइएको छ। अधिवेशन सम्पन्न भइसकेका सात देशका समितिहरूलाई प्रक्रिया अघि बढाउन अनुमति दिइएको छ भने समस्या देखिएका आठ देशका समितिका विषयमा थप अध्ययन र समन्वय गरिने जनाइएको छ।

बैठकले सदस्यता व्यवस्थापन केन्द्रीय समितिको सचिव पदमा केन्द्रीय कार्यालयका सह-सचिव प्रेम विश्वकर्मालाई नियुक्त गर्ने निर्णयसमेत गरेको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

0 Comments